पोखरामा ‘द स्याडोज नेपाल’को नयाँ वर्षमा लाइभ कन्सर्ट

पाेखरा | चैत ३०, २०७९

पोखरामा ‘द स्याडोज नेपाल’को नयाँ वर्षमा लाइभ कन्सर्ट

पोखरा:     चर्चित रक ब्याण्ड ‘द स्याडोज नेपाल’ ले पोखरामा नयाँ वर्षमा पोखरामा प्रस्तुती दिने भएको छ । पोखराको लेकसाइड स्थित प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलमा बैशाख २ गते दर्शकहरुलाई तताउने छ । 


‘द स्याडोज नेपाल’ का चर्चित गीतहरु ‘स्वर्गमा ठाउँ छैन’ ‘नयाँ नेपाल’, ‘हिँड्ने मान्छे लड्छ’, ‘धर्ति माथिको बोझ’, ‘आठ दिन’, ‘अवसाद’, ‘नारी’ ‘पाप’, ‘के पाइस नेपाली ?’ लगायतका गितले दर्शकहरुलाई झुमाउने छ । 


कार्यक्रमलाई उत्कृष्ट बनाउन आफुहरु लागेको प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले बताए । उनले कार्यक्रम भब्य हुनेमा बिश्वस्त रहेको उनले बताए ।


सन् १९९७ मा स्थापना भएको चितवनको ब्याण्ड ‘द स्याडोज नेपाल’ सक्रिय रहेको छ । नेपाल सहित विभिन्न देशमा व्याण्डले कन्र्सट गर्दै आएको छ । ब्याण्ड सन् २००३ मा ‘सुन हाम्रो आवाज’ एल्बम मार्फत सांगीतिक ब्यवसायमा आएको थियो । 


उसले पहिलो सांगितिक कन्सर्ट नेपालको हेटौंडामा गरेको थियो । ब्याण्डमा स्वप्निल शर्मा (भोकल) प्रकाश रसाईली (लिड गीतार) अमित प्रधान (बेस गीतार) सुजन मानन्धर (गीतार) साहिल रीसेल (ड्रम) रहेका छन् । अहिलेका भोकलिस्ट स्वप्निल शर्माभन्दा अगाडि बसन्त श्रेष्ठ भोकलिस्ट रहेका थिए । 


साझँ ८ बजे देखी मध्यरातसम्म चल्ने कार्यक्रममा लाइभ कन्सर्टमा व्याण्डले चर्चित गीतले मनोरञ्जन दिने छन् । कार्यक्रमको टिकट अग्रिम अनलाइनबाट पहिले नै टेबल बुकिङ गर्न सकिने म्यानेजर हरी पौडेलले बताए । करिब १ सय ५० टिकट विक्रि भैसकेको उनको भनाई छ । 


उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट १ हजार क्यान वियर र डोर सेलमा १ हजार रुपैया पर्ने उनको भनाई छ ।  

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्